Thursday, February 11, 2016

#0065-1136Feb11-सन्दर्भ प्रधान मंत्रीजयुको भारत भ्रमण

# गणतन्त्र नेपालका सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलिज़्यूको आसन्न भारत भ्रमणले देशको उद्यमी, व्यवसायी एवं आर्थिक बृत्तमा सकारात्मक र आसावादि चेतलाई जगाएको महसुस भएको छ । विशेष परिस्थितिको उत्तरार्ध पश्चात हुन लागेको यो भ्रमण वाट निजी क्षेत्र र समस्त आर्थिक क्षेत्रले अपेक्षा गर्ने मूल उपलव्धि सायद;

१. दुई देश वीचको सम्वन्ध सुमधूर भई सहयात्री र साझेदारको भावनामा बृहतता आउने
२. एक अर्काको अधिकार र आवश्यक्ताको सम्मान सहीत व्यवहारिक हुने
३. आपसी सहयोग का माध्यमवाट् क्षेत्र र विश्व सामु नमूना मित्र राष्ट्रको रुपमा उदाहरण हूँ सकने वातावरण को स्थापना
४. नेपालको सुक्खा वन्दरगाहा हरुलाई पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्तिको आधार तैयार र स्थापना हुने । साथै सवै सुख्खा बंदरगाह हरुमा रेल वा जल मार्ग जोडिने
५. नेपाली उत्पादन र सेवाको भारतमा निर्बाध प्रवेश
६. नेपालका सवै भंसार नाकाहरुमा अन्तर्राष्ट्रीय स्तरका प्रयोगशाला स्थापना भई गुणस्तरको मामिलामा झंझट मुक्त हुने
७. ऊर्जा उपलब्धताको आदान प्रदानमा सहजीकरण र सरलीकृत हुने
८. आन्तरिक सहयोग र ऋण सुविधामा संचालन हुने विकास निर्माण का परियोजनाहरुको समयमा सुरुवाट र सम्पन्न हुने अपेक्षा
९. पछिल्लो सार्क सम्मेलनवाट पारित बंगलादेश, भूटान, भारत र नेपाल (BBIN) समझौता लाई यथासक्य चांडो पूर्णरूपमा कार्यान्वयन हुने
आदि आदि

"सबै किसिमको राम्रो कामको शुरुवाट आफैवाट हुने" उक्तिलाई आत्मासात गर्दै प्रतीक्षारत होऔं र आ-आफ्नो क्षेत्रवाट सक्दो कोशिस गर्दै जाऔं ..

No comments:

Post a Comment