Sunday, January 12, 2020

#0035-1140Jan12-प्रदेश नामाकरण / राजधानी

संघीय गणतन्त्र र जातीय स्वशासन लगायत संघीयता का हिमायती भनाउंदाहरुले आ-आफ्ना सक्कलि अनुहार प्रस्त्याउने सुअवसरको प्रयोग गरी छाडे । आजको प्रदेश नं ३ को, प्रदेश नामाकरण र राजधानी निर्क्यौल प्रकृया ... हदै नाघे क्या !!! 

आज संघीय गणतन्त्रको प्रादेशिक (भविष्यमा सायद संघीय) संसदमा भोटको बलमा अधिकांश जनताले नरुचाएको निर्णय गरेर जनतालाई #लोप्पा_ख्वाएर भोलिको आफ्नो भोट र राजनीतिक क्यारियर मा अनिश्चितता निम्त्याएरै छाडे ।

अधिकांश जनताको ईच्छा बेगर र स्थानीयत्वको अनादर हुने गरी सत्ता पक्ष, बिपक्ष समेत केही साना दलका सांसद बाहेकले देखाईहाले आ-आफ्ना बल र हैसियत ।

प्रदेश सभाको निर्णय पार्टीको केन्द्रिय तहले गरे सरह नै हुने भय अबका दिनहरुमा संसदको निर्वाचन किन गर्नु पर्यो त?

सम्वन्धित सबै राजनैतिक दलहरु मिलेर संविधान संशोधन गरेर खुल्ला निर्वाचन गरोस जसले पार्टीलाई मात्रै भोट देओस र सबै तहका सरकारी प्रतिनिधि पार्टीले नै छानोस (#टिके_प्रथा)  । ब्याक टु मंगलमान ।

२/३ बहुमतको आजको सरकार र सशक्त बिपक्षि भनाउंदाहरुको यी असहिष्णु व्यवहारहरुले अबका निस्पक्ष चुनाहरुवाट २/३ त परै जाओस बहुमतको सरकार पनि बन्ला जस्तो लाग्दैन । बाँकि भबिष्यले नै तय गर्ला !!!

सम्बन्धित सबैको बेलैमा चेत खुलोस ... 

Friday, January 3, 2020

#0034-1140Jan03- माँयागु ८क्वःगु तिथि 8th death Anniversary of my Maa

थौं माँ कमला प्रधान मदुगु ७ दँ फुना ८ दँ क्यन, लुमंकेगु हे जक सिबाय आ जिमिसं मेगु छु याये ??? 

मदुगु दिं = ने. सं. ११३३ पोहेलाथ्व (पुस शुक्ल) अस्तमि, सन्चरवाः (जनवरी १९)

In memory on 8th death anniversary (today) of our belived mother Late Kamala Pradhan. Ritually we follow lunar (Nepal Era) calendar (Jan 03)


Thursday, January 2, 2020

#0033-1140Jan02-समृद्ध नेपाल - सुखी नेपाली

नेपालको आर्थिक मेरुदण्डको रुपमा स्थापित र सबै पक्षवाट स्वीकार्य भएको लघु, घरेलु तथा साना उद्योग क्षेत्रलाई सरकारि एवं निजी क्षेत्र लगायत सम्पूर्ण विकास साझेदारहरुले प्रबर्द्धन गरीनु पर्ने कुरामा सायदै कसैको दुईमत होला । तर यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि स्थापित सरकारि निकाय "घरेलु तथा साना उद्योग बिभाग" लाई उद्योग बिभागमा गाभिए देखि लघु, घरेलु तथा साना उद्यम व्यवसाय छायाँमा परेको सर्बत्र देखिएको छ ।

यसका लागि सबि सरकाति एवं निजी क्षेत्रका सबैले बेलैमा ध्यान पुर्याउन सकिएन भने पछि धेरै ढिला हुने महसुस गरिन्छ । तसर्थ, "घरेलु तथा साना उद्योग बिभाग" लाई पुनर्स्थापित गर्न र "घरेलु तथा साना उद्योग बिकास समिति" लाई पुर्न क्रियाशील गर्न सबै पक्ष बेलैमा जगरुक हौं ।

समृद्ध नेपाल - सुखी नेपाली
मेहेनत, सृजना, उत्पादन र बस्तु - मेरै नेपालको
नेपाली बस्तु उपभोग गरौं - नेपाली भएकोमा गर्व गरौं