Sunday, January 12, 2020

#0035-1140Jan12-प्रदेश नामाकरण / राजधानी

संघीय गणतन्त्र र जातीय स्वशासन लगायत संघीयता का हिमायती भनाउंदाहरुले आ-आफ्ना सक्कलि अनुहार प्रस्त्याउने सुअवसरको प्रयोग गरी छाडे । आजको प्रदेश नं ३ को, प्रदेश नामाकरण र राजधानी निर्क्यौल प्रकृया ... हदै नाघे क्या !!! 

आज संघीय गणतन्त्रको प्रादेशिक (भविष्यमा सायद संघीय) संसदमा भोटको बलमा अधिकांश जनताले नरुचाएको निर्णय गरेर जनतालाई #लोप्पा_ख्वाएर भोलिको आफ्नो भोट र राजनीतिक क्यारियर मा अनिश्चितता निम्त्याएरै छाडे ।

अधिकांश जनताको ईच्छा बेगर र स्थानीयत्वको अनादर हुने गरी सत्ता पक्ष, बिपक्ष समेत केही साना दलका सांसद बाहेकले देखाईहाले आ-आफ्ना बल र हैसियत ।

प्रदेश सभाको निर्णय पार्टीको केन्द्रिय तहले गरे सरह नै हुने भय अबका दिनहरुमा संसदको निर्वाचन किन गर्नु पर्यो त?

सम्वन्धित सबै राजनैतिक दलहरु मिलेर संविधान संशोधन गरेर खुल्ला निर्वाचन गरोस जसले पार्टीलाई मात्रै भोट देओस र सबै तहका सरकारी प्रतिनिधि पार्टीले नै छानोस (#टिके_प्रथा)  । ब्याक टु मंगलमान ।

२/३ बहुमतको आजको सरकार र सशक्त बिपक्षि भनाउंदाहरुको यी असहिष्णु व्यवहारहरुले अबका निस्पक्ष चुनाहरुवाट २/३ त परै जाओस बहुमतको सरकार पनि बन्ला जस्तो लाग्दैन । बाँकि भबिष्यले नै तय गर्ला !!!

सम्बन्धित सबैको बेलैमा चेत खुलोस ... 

No comments:

Post a Comment