Thursday, January 14, 2016

#0057-1136Jan14-पुष मसान्तको बिजोग

# घ्य:चाकु/हाम्व: संल्हू या लसताय् सकलसित भिन्तुना । क्वाकक चवनादिसं
Happy #ghyachaku_sanlhu / #MakarSankranti (observed on 15 Jan in Nepal).

# आज पुष मसान्तको दिन नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व कार्यालयको म्याद थप नहुने सुचना अनुसार गत आ.व. २०७१/०७२ को आय विवरण बुझाउने अन्तिम दिन । आय विवरण इंटरनेट मार्फत विद्युतीय माध्यमवाट बुझाउने प्रावधानले विशेष गरी उपत्यका र मोफसलका (सम्पर्कमा आउनु भएका) सम्वन्धित साथीहरुले धेरै दुःख पाएको थाहा पाएं । कारण आराका को सरभर (server) मा समस्या, इंटरनेट प्रवाहमा समस्या, विद्युत आपूर्तिमा अनिश्चितता र म्यादको अन्तिम दिन पर्खने ढीठ नेपाली बानि ।

राती १२ वजे सम्म विवरण बुझाउन सफल हुनु भएका सबैलाई हार्दिक बधाई ।

सरकारी संयंत्र र व्यवस्थापन ले गर्दा आय विवरण बुझाउन नभयाउने करदाताहरुलाई देशको विद्यमान परिस्थितिलाई मध्यनजर गरी केहि दिनको मुलाहिजा गर्दा बेश हुने लाग्दछ । साथै विवरण बुझाउन अझै सरल उपाय पहिचान गर्न आन्तरीक राजश्व कार्यालय / विभाग लाई अनुरोध ।

# देशको परिस्थितिलाई ध्यानमा राखी नेपाल राष्ट्र बैंक वाट उद्यमी व्यवसायीहरुको समस्यालाई महसूस गरी केहि राहतको प्याकेज जारी भएको समाचार आएको छ । यो प्याकेजले नेपालको आर्थिक पुनरुत्थान कार्यमा सहयोग पुग्ने आसा गर्न सकिन्छ ।

No comments:

Post a Comment