Monday, April 20, 2020

#0040-1140Apr20- लघु कथा #राहत

लघु कथा
राहत

हिजो
ट्याक्सि खालि हो ? 
हो कहाँ जाने ?
शान्तभवन सम्म । 
कति दिने ?
केको कति दिने नि मिटरवाट जाने नि । 
यस्तो बेलांनि मिटरमा जान्छ ? ५०० दिए जाने ...
जम्मा ३ किलोमिटरलाई ५०० ? मिटरमा जाँदा भैहाल्यो नि ... 
जान्न ...

आज
हजूर, राहत यहिंवाट बाँढ्ने भनेको हो ? 
हो किन ??
रासन सक्किएको २ दिन भयो, आज रासन बाँढ्छ भनेर आएको । 
रासन त आज यहिंवाट बाँढ्ने हो तर तिमिले पाउँदैन ।
किन हजूर ? 
कति भो यहाँ आएको ?
७ बर्ष बढी भो, हजूरलाई चिनिहाल्छुं नि म ....
अँ, चिनी हाल्छ नि, ३ किलोमिटर दूरीको ५०० तिरायसि होईन ???

No comments:

Post a Comment