Thursday, May 14, 2020

#0042-1140May15- हाईकु अप्रिल-११४०-C

नेपाल संवत ११४० अप्रिल २९
कोभिड १९
अलमल तन्त्रले
५७ पुगाए

आफै झुक्याई
कति दिन टिक्ने हो
झूठ्को खेती

जिम्मा लाउने
अख्तियारि दिएर
चिमोट्दै बस्ने ?

नेपाल संवत ११४० अप्रिल ३०
SEE जाँच
सबै पास गर्दिउं
टन्तै साफ भो

फर्के ७ साल
भैदिए सबै पास
SEE जाँच

प्रधानमन्त्री
कुरा बुझ्न गाह्रो भो
चुनाव हार्ने

चुनाव हार्ने
कुरा बुझ्न गाह्रो भो
प्रधानमन्त्री

राजनिति ख्य:
झ्यालं हे सां दुतिने
पद प्रतिस्था

No comments:

Post a Comment