Saturday, October 31, 2015

#0037-1135Oct31-उप-राष्ट्रपति चुनाव सम्पन्न, पेट्रोलियम पदार्थ अभाव

# सबै किसिमका उपभोग्य बस्तुहरुको आपूर्ति व्यवस्थामा कठिनाई भए पछि सरकारले नागरिकताको प्रमाण पत्रको आधारमा न्यूनतम आवश्यक वस्तु वितरण गर्ने व्यवस्था गर्दा अधीकतम जनतामा समानुपातिक वितरण हुने अनुभूति हुन्छ । यहाँ को के विचार उल्लेख गर्नू होला ।

# राष्ट्रीय विभूति शंखधर शाख्वा: प्रतिष्ठान को तर्फवाट नेपालको राष्ट्रीय सम्वत नेपाल सम्वत ११३६ न्हू दँ (नव वर्ष) को उपलक्ष मा आयोजना गरीने ठिमि स्थित शंखधर शाख्वा:को प्रतिमामा माल्यार्पण को लागि प्रमुख अतिथिको लागि सम्माननीय प्रधानमन्त्री ज्यू लाई आधिकारिक निम्तो दिन वहाँको निवास वालुवाटार पुगियो र निम्तो लाई स्वीकृति प्रदान गर्नू भएको छ ।

#नेपालको दोस्रो उपराष्ट्रपति पदमा नेकपा (एमाओवादी) का उम्मीदवार श्री नन्द बहादुर पुन (नन्दकिशोर पुन "पासांग") 325 मत प्राप्त गरी निर्वाचित हुनु भयो । वहांका प्रतिद्वन्दी नेपाली कांग्रेस का उम्मीदवार श्री अभियकुमार यादव ले 212 प्राप्त गर्नुभयो । 10 मत वदर । मधेशी दलहरूद्वारा मतदान बहिस्कार ।

#लोकतान्त्रिक गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा श्री नन्दकिशोर पुन "पासांग" ज्यू लाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना

# पेट्रोलियम पदार्थ लगायत अन्य आपूर्ति व्यवस्थामा अवरोध कायमै । चीनको सहयोगमा आउने भनेको पेट्रोलियम पदार्थ हिमपात का कारण अवरोध ।

#तिहार नजिक आईपुग्दा चाड विशेषका उपभोग्य सामानहरुको आपूर्तिमा कठिनाईको महसूस हुँदै ।

#भोलि कार्तिक 15 गते अर्थात नोभेम्बर 01 को वार्ता अन्तीम् हुने मधेशी दलका नेताहरूको उदघोष ।

# पेट्रोलियम पदार्थको अभावको कारण पेट्रोल पम्पहरुमा देखिएको लाईन हेर्दा काठमांडौ मा लाइन वस्ने नै एउटा व्यवसाय भएको हो कि जस्तो लाग्यो ।

# 10 लाख भन्दा बढ़ी परिवार संख्या भएको काठमांडौ मा 80 हजार 7.1 केजीको ग्यांस वितरण गर्ने भन्छ, कसरि पुर्याउने कुन्नि ? कम्तिमा 50 % परिवारलाई पुग्ने गरी त वितरण गर्नू पर्छ नि, की कसो ?

# पेट्रोलियम पदार्थको अभावका कारण बुद्ध नगर देखि पाटन आईपुग्दा शंखमूल पूलवाट देखिएको दृश्य मेरो क्यामेरामा यसरि कैद भयो ।

Sunday, October 18, 2015

#0036-1135Oct18-यातायातको समस्या लिफ्टको प्रयास विफल ....

# देश संकटमा परेको बेला संकटको फाईदा कसैले नउठाओस, सके सहयोग गरौँ नसके पीड़ा नदेओस, सबैले मनन गरियोस् ।

# भारतीय नाकावंदिले नेपाली जनताको जीवन अझ बढ़ी कष्टकर हुँदैछ, परराष्ट्र एवं उप प्रधान मंत्री भारत भ्रमणमा हुनुहुन्छ । राष्ट्रीयतालाई घातक हुने सम्झौता नगरियोश, सुन्दैछुं फाष्ट त्र्याक र जलस्रोत मा भारतको गिद्दे दृस्टि रहेको छ अरे, नेपालको राष्ट्रीय हिट विपरीत कुनै पनि किसिमको समझौता नगरियोस् सचेत हुनुहोस् नेतृत्व गण, अन्यथा इतिहास र वर्तमानले कसैलाई माफ़ गर्ने छैन ।

# काठमाण्डौवाट पाटन आईरहंदा
= त्रिपुरेश्वर बस स्तपमा एकजना बहिनीले लिफ्ट मागे, रोकेर सोधें कहाँ जानुहुने भनेर, बानेश्वर जाने भनीन । संयोगवस म पाटन हिँड्ने परें, अरु कोही पाटन तीर जाने छ की भनेर हेरें कोही देखिएन, त्यहांवाट हिंदें ।
= थापाथली पुगेर बसस्टपमा रोकेर सोधें पाटन मंगलवजार जाने कोही हुनु हुन्छ भनेर सोधें कोसैले रेस्पॉन्स गर्नू भएन ।
= कोही एक्जनालाई भए पनि लिफ्ट दिने जमार्को गरेको थिएँ सफल भैएन । यो खाले पुण्य काम भोलिका लागि साँचें । निस्वार्थ भावले लिफ्ट माग्न र दिन हिचकिचाहट आफैवाट हटाओं ...

# पेट्रोलियम पदार्थ कालोवजारी ???
= पेट्रोल रु. ४०० देखि ८०० मा पाइन्छ रे भने तर आफु सम्म केहि आएन ।
= यस्तो अवस्थामा पनि कालोवजारी मा रमाउनेहरु कस्तो अधर्मी कुन्नि ।
= किन्नेले पनि नकिन्नु पर्यो, बेच्नेले पनि यस्तो पापी काम गर्नू भएन ।
= अरुको अरु धन्दा घर ज्वाइंको खाने धन्दा ????

Thursday, October 8, 2015

#0035-1135Oct08-Landed to Dhaka

# Flight from Delhi to Dhaka was safe.
# The SAARC-TPN WG SME CM8 meeting was over yesterday.
# Attendies on airline desk and immigration in Delhi was repeatedly asking me for visa for Bangladesh, where as it was stamped on my passport.
# Crew members of aircraft was mis handling there stuffs today.

Monday, October 5, 2015

#0037-1135Oct05-Out of station / देश बाहिरकाे अवस्था ।।।

# उद्योग बाणिज्य महासंका अध्यक्षज्युको ग्यापन-पत्र दिन जाने सूचना प्राप्त भयो । भोलि बिहान ८ वजे भाटभटेनिमा भेला हुने रे !!! भद्र तरिकाले समस्या समाधान नहुने भए अव अर्को उपाय खोज्ने हो की ? अध्यक्षज्युले सम्वन्धित मित्र राष्ट्रका समकक्षि अध्यक्ष हरुलाई पनि सचेतना जगाउने काम गर्नु पर्ला जस्तो भो, यस्तो बेला त SCCI ले पनि केहि गर्नु पर्ने होला नि कसो ?

# Arrived Delhi safely and checked in to Hotel Jaypee Vasant Continental, Vasant Bihar.
# दिल्ली थ्यन, होटल जेपि वसन्त बिहारय च्वनेगु व्यवस्था जुल ।

# As reported situation of blockade in Nepal is still stagnant, no further progress.
# नेपालय अझ्ं नका सुचारु मजूनिगु बुखं ब्वना, गबले तक थथे जुइगु ग्व ?

Thursday, October 1, 2015

#0036-1135Oct01-Role of recognized National and regional BMOs on present situtaion of Nepal blockage

# Leading business organization of India FICCI & CII and SCCI are very much silent on present blockage situation of Nepal. Even most of the Indian and regional entrepreneurs and traders are suffering from this situation.

# Could there be any concern from UN agencies like UNCTAD, UNIDO, ITC, WTO, ILO, etc etc. Which are working on the area of advocacy and lobby for free economy, free trade and free movement of goods and services.

# Stagnant as of this situation in Nepal do not encourage to additional efforts to be made for BBIN, SAFTA, BIMSTEC, WTO, etc. 

#0035-1135Oct01-सबै नेतृत्वमा विशेष विशेष अनुरोध "हतारमा निर्णय गरेर : फ़ुर्सदमा पछुताउने" काम कदापि नगर्न अनुरोध

सबै नेतृत्वमा विशेष विशेष अनुरोध "हतारमा निर्णय गरेर : फ़ुर्सदमा पछुताउने" काम कदापि नगर्न अनुरोध । यस्ता कामहरु विगत्मा धेरै भएको पाईन्छ ।

नेपालको कुटनितिक स्तरमा शंका उत्पन्न हुने अवस्था ....
१. नेपाली राजनैतिक नेतृत्वको कहुंच, राजदूत सम्म मात्रै हो त ? कि त्यहि वटो बानि परेको हो ?
२. आ-आफ़्नो समकक्षि संग सिधै सम्पर्क गर्ने हैसियत पनि राख्दैनन हाम्रा नेताहरुले ? कि अह्राएको काम फ़त्ते गर्ने मात्रै बानि परेको हो ?
३. आन्दोलित पक्षको माग सम्वोधन गर्ने आधार नै तयार नगरि वार्ता टोलि पठाउने कस्तो सरकारि वर्ता टोलि ?
४. भारतका लागि नेपालि राजदुत नेपालमा विदा मनाउन आएका हुन कि भारतीय नेताहरुले घोकाएको पाठ सुनाउन आएका हुन कुन्नि, कस्तो अभिव्यक्ति हो आफ़्नै देशको अवस्था वारे पटक्कै जानकरि नराखी परिस्थिति प्रतिकूल अभिव्यक्ति दिने ??? कि सोह्र्श्राद्ध को समय शुरु भयो पितृ तार्ने काम गर्न आएका हुन छुट्टि मनाउन ???

#0034-1135Oct01-Safe landing scenario on present Nepalese Political arena

#एक मन्त्रिको राजीनामा, एक मन्त्रिको वर्ख़ास्तगी र प्रधानमन्त्रीको राजिनमाको तयारीको समाचारले सरकारमा रहेका दलहरुमा सर्वदलीय सरकार निर्माण गरी नेपालको संविधान अवलंवन गर्ने बाटो तीर बढेको र safe landing तिर लागेको अनुभूति हुन्छ ।

#मधेशी मोर्चाको प्रतिनिधि र प्रमुख दलका नेताहरूको सहमतीय वातावरणको समाचारले विद्यमान असहज परिस्थितिको अन्त भई राजनैतिक safe landing को आभाष भएको छ ।

#अव हेर्न बाँकी भो छिमेकी मुलुकहरुले आ-आफ्नो safe landing ठाउँ कहाँ र कसरी खोज्छन ? सायद अमेरिकामा दुई देशका परराष्ट्र मंत्रीहरुको भेटले केही निति तय गरेको हो की वा छ की ?

#अनौपचारिक नाकावन्दी को कारण नेतृत्व वर्गले जनता सामू राखी सुसुचित गर्नु पर्ने आवाज उठ्दै गर्दा शनकाको घेरामा दुई राष्ट्रीय व्यपारिक सन्धि, नेपालको संविधानमा अंगीकृत नागरिकताको विषय, १९५० को सन्धि, भावी प्रधानमन्त्री तथा अन्य संवैधानिक अंगहरु को निर्वाचन, आदि आदि । के हो त खाँटी कुरा ?

#सहमतीय समावेशी सहमतिवाट अघोषित नाकावन्दी यथाशीघ्र निकासको अपेक्षा राख्दै, सबैको दसैं पूर्ववत नियमित र समय वातावरणमा मनाउन पाउने सबैले आशा राखौं ।

#उपत्यकामा आपूर्ति व्यवस्था र विदेशी मुद्रा कारोबार सम्वन्धी व्यवसायीक स्थानहरुमा छापाको खवर !!!