Saturday, October 31, 2015

#0037-1135Oct31-उप-राष्ट्रपति चुनाव सम्पन्न, पेट्रोलियम पदार्थ अभाव

# सबै किसिमका उपभोग्य बस्तुहरुको आपूर्ति व्यवस्थामा कठिनाई भए पछि सरकारले नागरिकताको प्रमाण पत्रको आधारमा न्यूनतम आवश्यक वस्तु वितरण गर्ने व्यवस्था गर्दा अधीकतम जनतामा समानुपातिक वितरण हुने अनुभूति हुन्छ । यहाँ को के विचार उल्लेख गर्नू होला ।

# राष्ट्रीय विभूति शंखधर शाख्वा: प्रतिष्ठान को तर्फवाट नेपालको राष्ट्रीय सम्वत नेपाल सम्वत ११३६ न्हू दँ (नव वर्ष) को उपलक्ष मा आयोजना गरीने ठिमि स्थित शंखधर शाख्वा:को प्रतिमामा माल्यार्पण को लागि प्रमुख अतिथिको लागि सम्माननीय प्रधानमन्त्री ज्यू लाई आधिकारिक निम्तो दिन वहाँको निवास वालुवाटार पुगियो र निम्तो लाई स्वीकृति प्रदान गर्नू भएको छ ।

#नेपालको दोस्रो उपराष्ट्रपति पदमा नेकपा (एमाओवादी) का उम्मीदवार श्री नन्द बहादुर पुन (नन्दकिशोर पुन "पासांग") 325 मत प्राप्त गरी निर्वाचित हुनु भयो । वहांका प्रतिद्वन्दी नेपाली कांग्रेस का उम्मीदवार श्री अभियकुमार यादव ले 212 प्राप्त गर्नुभयो । 10 मत वदर । मधेशी दलहरूद्वारा मतदान बहिस्कार ।

#लोकतान्त्रिक गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा श्री नन्दकिशोर पुन "पासांग" ज्यू लाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना

# पेट्रोलियम पदार्थ लगायत अन्य आपूर्ति व्यवस्थामा अवरोध कायमै । चीनको सहयोगमा आउने भनेको पेट्रोलियम पदार्थ हिमपात का कारण अवरोध ।

#तिहार नजिक आईपुग्दा चाड विशेषका उपभोग्य सामानहरुको आपूर्तिमा कठिनाईको महसूस हुँदै ।

#भोलि कार्तिक 15 गते अर्थात नोभेम्बर 01 को वार्ता अन्तीम् हुने मधेशी दलका नेताहरूको उदघोष ।

# पेट्रोलियम पदार्थको अभावको कारण पेट्रोल पम्पहरुमा देखिएको लाईन हेर्दा काठमांडौ मा लाइन वस्ने नै एउटा व्यवसाय भएको हो कि जस्तो लाग्यो ।

# 10 लाख भन्दा बढ़ी परिवार संख्या भएको काठमांडौ मा 80 हजार 7.1 केजीको ग्यांस वितरण गर्ने भन्छ, कसरि पुर्याउने कुन्नि ? कम्तिमा 50 % परिवारलाई पुग्ने गरी त वितरण गर्नू पर्छ नि, की कसो ?

# पेट्रोलियम पदार्थको अभावका कारण बुद्ध नगर देखि पाटन आईपुग्दा शंखमूल पूलवाट देखिएको दृश्य मेरो क्यामेरामा यसरि कैद भयो ।

No comments:

Post a Comment