Thursday, October 1, 2015

#0034-1135Oct01-Safe landing scenario on present Nepalese Political arena

#एक मन्त्रिको राजीनामा, एक मन्त्रिको वर्ख़ास्तगी र प्रधानमन्त्रीको राजिनमाको तयारीको समाचारले सरकारमा रहेका दलहरुमा सर्वदलीय सरकार निर्माण गरी नेपालको संविधान अवलंवन गर्ने बाटो तीर बढेको र safe landing तिर लागेको अनुभूति हुन्छ ।

#मधेशी मोर्चाको प्रतिनिधि र प्रमुख दलका नेताहरूको सहमतीय वातावरणको समाचारले विद्यमान असहज परिस्थितिको अन्त भई राजनैतिक safe landing को आभाष भएको छ ।

#अव हेर्न बाँकी भो छिमेकी मुलुकहरुले आ-आफ्नो safe landing ठाउँ कहाँ र कसरी खोज्छन ? सायद अमेरिकामा दुई देशका परराष्ट्र मंत्रीहरुको भेटले केही निति तय गरेको हो की वा छ की ?

#अनौपचारिक नाकावन्दी को कारण नेतृत्व वर्गले जनता सामू राखी सुसुचित गर्नु पर्ने आवाज उठ्दै गर्दा शनकाको घेरामा दुई राष्ट्रीय व्यपारिक सन्धि, नेपालको संविधानमा अंगीकृत नागरिकताको विषय, १९५० को सन्धि, भावी प्रधानमन्त्री तथा अन्य संवैधानिक अंगहरु को निर्वाचन, आदि आदि । के हो त खाँटी कुरा ?

#सहमतीय समावेशी सहमतिवाट अघोषित नाकावन्दी यथाशीघ्र निकासको अपेक्षा राख्दै, सबैको दसैं पूर्ववत नियमित र समय वातावरणमा मनाउन पाउने सबैले आशा राखौं ।

#उपत्यकामा आपूर्ति व्यवस्था र विदेशी मुद्रा कारोबार सम्वन्धी व्यवसायीक स्थानहरुमा छापाको खवर !!!

No comments:

Post a Comment