Sunday, October 18, 2015

#0036-1135Oct18-यातायातको समस्या लिफ्टको प्रयास विफल ....

# देश संकटमा परेको बेला संकटको फाईदा कसैले नउठाओस, सके सहयोग गरौँ नसके पीड़ा नदेओस, सबैले मनन गरियोस् ।

# भारतीय नाकावंदिले नेपाली जनताको जीवन अझ बढ़ी कष्टकर हुँदैछ, परराष्ट्र एवं उप प्रधान मंत्री भारत भ्रमणमा हुनुहुन्छ । राष्ट्रीयतालाई घातक हुने सम्झौता नगरियोश, सुन्दैछुं फाष्ट त्र्याक र जलस्रोत मा भारतको गिद्दे दृस्टि रहेको छ अरे, नेपालको राष्ट्रीय हिट विपरीत कुनै पनि किसिमको समझौता नगरियोस् सचेत हुनुहोस् नेतृत्व गण, अन्यथा इतिहास र वर्तमानले कसैलाई माफ़ गर्ने छैन ।

# काठमाण्डौवाट पाटन आईरहंदा
= त्रिपुरेश्वर बस स्तपमा एकजना बहिनीले लिफ्ट मागे, रोकेर सोधें कहाँ जानुहुने भनेर, बानेश्वर जाने भनीन । संयोगवस म पाटन हिँड्ने परें, अरु कोही पाटन तीर जाने छ की भनेर हेरें कोही देखिएन, त्यहांवाट हिंदें ।
= थापाथली पुगेर बसस्टपमा रोकेर सोधें पाटन मंगलवजार जाने कोही हुनु हुन्छ भनेर सोधें कोसैले रेस्पॉन्स गर्नू भएन ।
= कोही एक्जनालाई भए पनि लिफ्ट दिने जमार्को गरेको थिएँ सफल भैएन । यो खाले पुण्य काम भोलिका लागि साँचें । निस्वार्थ भावले लिफ्ट माग्न र दिन हिचकिचाहट आफैवाट हटाओं ...

# पेट्रोलियम पदार्थ कालोवजारी ???
= पेट्रोल रु. ४०० देखि ८०० मा पाइन्छ रे भने तर आफु सम्म केहि आएन ।
= यस्तो अवस्थामा पनि कालोवजारी मा रमाउनेहरु कस्तो अधर्मी कुन्नि ।
= किन्नेले पनि नकिन्नु पर्यो, बेच्नेले पनि यस्तो पापी काम गर्नू भएन ।
= अरुको अरु धन्दा घर ज्वाइंको खाने धन्दा ????

No comments:

Post a Comment