Wednesday, September 30, 2015

#0033-1135Sept30-यंया क्वचाल । अघोषित नाकावन्दि ।

#मोहनि न्ह्य:या नख: यंया क्वचाल, पुञ्चलि भुजा नं क्वचाल ।

#सोह्रश्राद्ध प्रारम्भ / मोहनि (दसैं) दौड़ाहा

#अघोषित नाकावन्दीको चरम चरण, निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण नगर्ने सरकारी निर्णय । कत्ती दिन सहन सकने हो कुन्नि ?

#पेट्रोल / डिजेल नभए त केहि दिनको लागि हिंडेर चलाउँला तर चूल्हो बाल्न त ग्यांस नै चाहिने बानी बसली सक्यो ... उपाय अव के होला ?

#सवारी साधन जोड़ / विजोड़ चलाउने त हफ्तामा एक दिन (मेरो प्रस्ताव प्रत्येक शुक्रवार) सधैं का लागि व्यवस्था गर्दा हुने जस्तो छ । तर सार्वजनिक यातायात मनग्य र कम्तिमा बेलुका ९ वजे सम्म चल्नु पर्यो ।

#बांग्लादेश देशीय भिसा प्राप्त / Gratis visa for Bangladesh granted.

#Presented in Launching ceremony of "Design Manual for Improved Fixed Chimney Brick (Zig-Zag) Kiln 2015" probably first kind in South Asia. Chief guest of the program was honorable Minister for Ministry of Industry Mr Mahesh Basnet.

Tuesday, September 29, 2015

#0033-1135Sept29-Media Coverage / संचार माध्यम मा आज ...

"असल व्यावसायीक संस्कार प्रवर्धन" विषयक अन्तरक्रिया कार्यक्रम वारे आजाका पत्र पत्रिकामा प्रकाशीत समाचारहरु ...

"Ethical business culture promotion" interaction program jointly organized by FNCSI & Transparency International Nepal (TI-Nepal) in support of NCELL. Media clippings ...








Sunday, September 27, 2015

#0032-1135Sept 27- संयोगको दिन

# थौं यंया या समय नयेगु झ्वलय यलय नुग: क्षेत्रया समय नयेगु पा:, संयोगवस थौं हे बुंगद्य:या १२ दँ या जात्राया झ्वलय बुंगद्य: नं नुग: त्वालय थ्यन ।
यें देशय् कुमारी द्य:या रथ यात्रा न्ह्यात

× काठमाण्डौमा इन्द्र जात्रा सुरु, ललितपुरको १२ वर्षे बुंगद्य: जात्रा अझै जारी

#अघोषित भारतीय नाकावंदिया हुनिं पेट्रोलिय पदार्थया अभाव जुया यातायातया साधन जोड़ व विजोड़ ल्या (नम्वर) या छ्यलेगु सरकारी उजं कथं थौं जोड़ गते जोड़ ल्याया सवारी साधन छ्यलेगु दिं

× अघोषित भारतीय नाकावन्दिका कारणले पेट्रोलियम पदार्थको आपर्तिमा कमी आएकोले सरकारी निर्देशन अनुसार जोड़ र विजोड़ नंवरका सवारी साधन मात्र संचालन गर्ने आजको जोड़ गते का दिन जोड़ नंवरका सवारी साधन सञ्चालन गर्ने दिन

Saturday, September 26, 2015

#0031-1135Sept27-बुंगद्य:जात्रा नापं यंया

#जिगु जीवन कालय (जीं सीकं) थौं न्हापांगु अवसर जुल गुकुन्हु बुंगद्य: जात्राया छवयला भू व यंया पुन्हीया समय नयेगु छन्हु हे लात । थुकिया मू हुनि (कारण) त:भुखाय हे जुल ।

सन्दर्भ, बुंगद्य: जात्राया १२ दँ जात्रा

Friday, September 25, 2015

#0030-1135Sept25-डायरी (Journaling)

#नेकपा एमाले को नेपालको संविधान जारी पश्चात खुसियालिमा चियापान ।
1135 Sept 22

#उद्योग मंत्रालय द्वारा आयोजित वैदेशीक लगानी निति र सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग निर्देशिका सारवाजनिकीकरण कार्यक्रममा सहभागी
1135 Sept 24

#१२वर्षे बुंगद्य: जात्रा युलाख्य: निसें पूच्व तक ।
1135 Sept 24

#काठमांडौ इंटटा उद्योग व्यवसायी संघको साधारण सभामा अतिथि हुँदै
1135 Sept 25

Tuesday, September 22, 2015

#0029-1135Sept22-१२ वर्षे बुंगद्य: जात्रा प्रारम्भ; नेकपा एमाले को चियापान कार्यक्रम

#विनासकारि भुकम्प पश्चात अवरुद्ध रहेको १२ वर्षे बुंगद्य: जात्रा आजवाट विधिवत प्रारम्भ भयो । आजवाट प्रक्रियागत रुपमा रथ यात्रा चल्नेछ ।

#सार्वभौमसत्ता सम्पन्न संविधानसभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा नेकपा एमाले वाट आयोजित चियापान समारोहमा आमन्त्रित भई सहभागी हुने अवसर मिल्यो । उक्त अवसरमा मान्यवर नेतागण पूर्व प्रधानमन्त्री द्वय श्री माधवकुमार नेपालज्यू र श्री झलनाथ खनालज्यू का साथै नेकपा एमालेका अध्यक्ष श्री के पी शर्मा ओलीज्यू संग संयुक्त फोटो खिच्ने ऐतिहासिक अवसर प्राप्त भयो ।

#प्रक्रियागत निति नियममा पनि चलखेलका कुराहरु कसरि हुँदो रहेछ सुनेको मात्र थियो आज प्रत्यक्ष देख्ने मौक़ा मिल्यो ।

#आज दिनभरीको काम म ताक्छु मूढा बन्चरो ताक्छ घुंडा जस्तै मात्र भए । समग्रमा आजको दिन सोचे जस्तो अनुकुल भएको महसूस भएन । अस्तु ।।

Monday, September 21, 2015

#0028-1135Sept21-नेपालको संविधानको नाम "नेपालको संविधान" मात्र हुनु पर्ने


नेपालको संविधानको नाम "नेपालको संविधान" मात्र हुनु पर्ने
http://www.can.gov.np/np/ncd.html

संविधान सभावट पारीत र नेपालको सम्माननीय राष्ट्रपतिज्यूवाट प्रमाणीत भई जारी भएको संविधानको नाम संचार माध्यम र राज्य स्तरवाट प्रचार प्रसार गरिंदा गलत नामवाट भएको पाईयो । यो संविधानको नाम "नेपालको संविधान" मात्र हुनु पर्नेमा अन्यथा देखिएको हुंदा सबैको ध्यानाकर्षणको लागि अनुरोध गर्दछुं । कॄपया सबैले यो संविधानलाई उच्चारण गर्दा "नेपालको संविधान" मात्रै संवोधन गरीदिनु हुन हार्दिक अनुरोध गर्दछौं । उदाहरणका लागी केही ठिक र गलत फ़ोटोहरु राखिएको छ, आफ़ै मुल्यांकन गर्नु होला ...






Sunday, September 20, 2015

#0027-1135Sept21-Media Coverage Nepal Samacharpatra Daily (अबको लक्ष्य आर्थिक क्रान्ति)

अबको लक्ष्य आर्थिक क्रान्ति (http://www.newsofnepal.com/?p=96109)

नेपाल समाचारपत्रnaya
काठमाडौं
मो प्रयासपछि देशले संविधानसभामार्फत नयाँ संविधान प्राप्त गरेको छ। संविधानपश्चात राजनीतिक संक्रमणकालको एउटा खण्ड अन्त्य भएको निजी क्षेत्रको भनाइ छ। राजनीतिक द्वन्द्वको अन्त्य संविधान निर्माणसँगै हुने अपेक्षा गरेको निजी क्षेत्रले अब सबै राजनीतिक दलहरू आर्थिक क्रान्तितर्फ केन्द्रित हुनुपर्ने धारणा राखेका छन्।
देश संघीय प्रणालीमा गएको हुँदा अब देशको आर्थिक क्रियाकलापहरू पनि त्यस अनुरुप सञ्चालन हुनेछन्। संविधानमा आर्थिक विषयलाई केही हदसम्म समेटिएको हुँदा निजी क्षेत्र आर्थिक विकासका निम्ति ढोका खुल्नेमा आशावादी छन्। संविधान आउने बित्तिकै आर्थिक क्रान्ति हुँदैन, आर्थिक समृद्धि हुँदैन। यसको क्रमशः वातावरण निर्माण गर्दै लैजानुपर्ने निजी क्षेत्रको सुझाव छ।
मुलुकमा लगानीमैत्री वातावरण निर्माण गरी लगानीको सुरक्षा गर्नेदेखि स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने विषयमा सबै दलहरू केन्द्रित हुनुपर्ने निजी क्षेत्रको एकमुष्ट भनाइ हो।
लगातारको बन्द, हड्ताल र राजनीतिक अस्थिताका कारण आक्रान्त रहेको नेपालको उद्योग व्यवसाय नयाँ संविधान निर्माण भएपछि यस्ता सबै अन्योलताहरू सबै हट्ने निजी क्षेत्रले विश्वास लिएको छ ।
संविधान निर्माणसँगै देश नयाँ चरणमा प्रवेश गरेको हुँदा अब राजनीतिक क्रान्तिको यात्रा करिब पूरा भएको हुँदा अब सबैले आर्थिक क्रान्तिका निम्ति अग्रसर हुनुपर्ने भए पनि अझै केही दलहरू सहमतिमा आउन नसकेको अवस्थामा फेरि पनि राजनीतिक अस्थिरता कायमै रहने हो कि भन्ने अर्को आशंकाले निजी क्षेत्र त्रसित छ । संविधान निर्माण प्रक्रियासँगै तराईंका जिल्लामा भएको बन्द, हड्तालले उद्योगधन्दा ठप्प हुँदा अर्बौं रुपियाँको नोक्सान भएको अवस्थामा जारी भएको नयाँ संविधानबाट निजी क्षेत्रले के अपेक्षा गरेको छ ? यसै विषयमा गरिएको कुराकानी ।

पशुपति मुरारका
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

यो ऐतिहासिक घडी हो, जनताबाट चुनिएका जनप्रतिनिधिले निर्माण गरेको संविधान पाएका छौं। यसको खुशीयालीमा दिप प्रज्वलन गर्दै छौं। विगतमा राजनीतिक दलका नेतासँग उद्योग, व्यवसायको मुद्दामा कुरा गर्दा सधैं ‘संक्रमण कालमा छौं’ भन्ने जवाफ दिनुहुन्थ्यो। अब संक्रमणकाल सकिएको छ। नेताहरूले बहाना बनाउने ठाउँ छैन।
सरकारले कार्यान्वयनको विषयमा ध्यान दिएन भने संविधान एउटा किताब मात्र हो। त्यसैले संविधान जारी हुँदैमा सबै कुरा ठिक हुन्छ भन्ने छैन। तर, नयाँ संविधानले हामीमा खुशी भने थपेको छ। आर्थिक विषयमा त्यति धेरै नयाँ कुरा नआए पनि व्यवसायको लागि बाधक बनेका केही नीतिलाई प्रष्ट पारिएको छ। नयाँ कुरा हामी संघीयतामा जाँदैछौं। केन्द्र र प्रादेशिक सरकारले कसरी कर उठाउँछ भन्ने विषयमा प्रष्ट पारिएको छ। लगानी क्षेत्रको लागि प्रदेश बाधक बनेको छैन। संविधानमा एक प्रदेशको मानिसले अर्को प्रदेशमा लगानी गर्न पाउने, सामान ओसारपोसार गर्न पाउने, काम गर्न पाउने जस्ता कुरा उल्लेख गरिएका छन्। यो राम्रो पक्ष हो। आर्थिक समृद्धिको विषयमा प्रदेश–प्रदेशबीच प्रतिस्पर्धा गर्ने वातावरण बने राम्रो हुन्छ। तर, एक प्रदेशले अर्को प्रदेशलाई बन्देज गर्ने गरी अगाडि बढ्न खोज्यो भने प्रतिफल नराम्रो निस्कन्छ। संविधान जारी भएपछि राजनीतिक दलले आर्थिक क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्दछ। आर्थिक क्षेत्रसँग जोडिएका कतिपय मुद्दा अझै थाँती छन्, त्यसलाई पूर्णता दिनुपर्छ। न्याय प्रणाली, प्रशासनिक संयन्त्रलाई चुस्त बनाउनुपर्छ।

सुरेश प्रधान
अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ

संविधान जारीसँगै राजनीतिक निकास भएको छ। अब संस्थागत गर्नको लागि सबैबाट भगिरथ प्रयास गर्नुपर्छ। संविधान जारी भइरहँदा तराई बन्द छ। यसलाई प्रमुख राजनीति दल र सरकारले छिटोभन्दा छिटो समस्याको समाधान गर्नुपर्छ। तराई क्षेत्रका उद्योग बन्द छन्। अर्बौको क्षति भएको छ। यो चिन्ताको विषय हो। तथापि, देशलाई सही ढंगबाट अगाडि बढाउने दिन आएकाले सबैले प्रयास गरौं। देशमा शान्ति सुरक्षा कायम गरौं आफैं देश सुन्दर र सभ्य हुने छ। देशमा बनेको मुल कानुनको सबैले पालना गरौं। नयाँ सविधानले उद्योगधन्दा स्थापना र गर्दै मुलुकको समृद्धिका लागि व्यवसायीलाई अनकुल वातावरण तयार गर्नुपर्छ।

राजेशकाजी श्रेष्ठ
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
नेपाली जनता सधैं नयाँ युगको प्रतीक्षामा थिए। यो प्रतीक्षाको घडि आज आएर पूरा भएको छ। यो प्रतीक्षासँगै नेपालमा अब व्यवसायी तथा उद्योगीका लागि पनि खुशीको दिन आएको छ। अब नेपालमा स्थायीरूपमा शान्ति हुनेछ भन्ने विश्वास गर्न सकिन्छ। शान्ति हुनु नै उद्योगी व्यवसायीका लागि लगानीमैत्रीपूर्ण वातावरण बन्नु हो। हिजोका दिनमा लगानी गर्न उद्योगी व्यवसायहरू उत्साहित थिए। तर, बन्द, हड्ताल, राजनीतिक अस्थिरताले गर्दा हतोत्साहित भएका थिए।
आशा छ, अब नेपालमा कुनै पनि उद्योग सञ्चालन गर्नको लागि योजनाबद्ध ढंगले लाग्ने छन्। निजी क्षेत्रले संविधान बनाउने क्रममा पनि प्रमुख राजनीतिक दलका प्रमुखसँग भेटेर सुझाव दिएको थियो। निजी क्ष्ँेत्रसँग सदैव जोश जाँगर र उत्साह हुन्छ तर, सरकारले त्यो उत्साहलाई प्रोत्साहन गर्नुपर्छ। उद्योग सञ्चालनमा अनावश्यक तनाव दिने छैन भन्ने हामीले महशुस गरेका छौं। फेरि संविधान आउने बित्तिकै आर्थिक क्रान्ति हुँदैन, आर्थिक समृद्धि हुँदैन। मात्रै के हो भने लगानी गर्नको लागि सहज वातावरण तयार गर्ने हो। मलाई व्यक्तिगत रुपमा खुशी लागेको छ।

हरिभक्त शर्मा
वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ
देशमा मुल कानुन आएको छ। यो नेपालको लागि ऐतिहासिक दिन हो। संविधान घोषणासँगै हामी उद्योगी व्यवसायी उत्साहित छौं। आशा छ, अबको नयाँ संविधानले मुलुकलाई नयाँ ढंगले अघि बढाउने छ। नेपालमा रहेको प्राकृति स्रोत साधानलाई प्रयोग गरेर आर्थिक क्रान्ति तिर देश दौडिने छ। सरकारले राजनीतिक रुपमा नमिलेको विषय वस्तुलाई तत्काल टुङ्ग्याउन तिर लाग्नुपर्छ। आथिर्क समृद्धिको लागि तराईको समस्याको सम्बोधन गर्नुपर्छ। किनकी तराईमा धेरै उद्योग रहेका छन्। जब तराईको उद्योग बन्द हुन्छ तब उद्योगीहरू आर्थिक ‘क्राइसिस’ हुन्छन्।
नयाँ संविधानले निजी व्यवसायीलाई लगानी गर्ने वातावरण तयार हुन्छ भन्ने मेरो बझुाई हो। जनताले नयाँ संविधानको महशुस गर्न सक्ने वातावरण पनि तयार गर्नुपर्छ। गणतन्त्रलाई संस्थागत गर्दै अघि जानुपर्छ भन्ने मेरो धारणा छ। स्थानीय तहमा हुन नसकेको निर्वाचन छिटोभन्दा छिटो गर्नको लागि मेरो अनुरोध छ। यो दिनलाई समृद्धिको दिनको रुपमा हेरेको छु। हामी लगानी गर्न आतुर छौं। वातावरण बन्नुपर्छ।

शम्भु दाहाल
प्रमुख कार्यकारी अधिकृत, सिप्रदी ट्रेडिङ
नयाँ संविधानले सबै नेपालीमा उमंग थपेको छ। प्रमुख राजनीतिक दल एक भएर अगाडि बढेका छन्। यसले सकारात्मक सन्देश दिएको छ। नयाँ संविधानले व्यावसायिक सम्भावनाको पनि नयाँ ढोका खोलेको छ। अब सबै नेपाली आर्थिक मुद्दामा केन्द्रित हुनेछन्।
नेपाली भनेको कठोर परिश्रम गर्ने जात हो। तर, अहिलेसम्म हामीले परिश्रम गर्ने अवसरसमेत पाएका छैनौं। अब हामीलाई यो अवसर मिल्नेछ। अबको पाँच वर्षमा नेपाली अर्थतन्त्रले निकै उकालो चढिसक्नेछ। संविधान जारी भएपछि अटो क्षेत्रमा पनि लगानी बढ्नेछ। तराई केन्द्रित दलको केही असन्तुष्टि बाँकी छन्। दलको एकताले त्यस्तो असन्तुष्टिलाई विस्तारै समाधान गर्दै लाने देखिन्छ।

अञ्जान श्रेष्ठ
उपाध्यक्ष, अटोमोबाइल डिलर्स एसोसिएसन
नेपाली जनता आजको दिनको पर्खाइमा थिए। हामी सबै हर्ष उल्लासमा छौं, नेपालीले मौलिक संविधान पाएका छन्। राजनीतिक समस्या समाधान भएको छ।
अब राजनीतिक दलले मुलुक समृद्धिको विषयमा ध्यान दिनुपर्छ। आर्थिक एजेन्डामा बहस केन्द्रित हुनुपर्दछ। निर्वाध रूपमा आर्थिक गतिविधि सञ्चालन गर्ने वातावरणको निर्माण गर्नुपर्छ। राजनीतिक दलहरूले यसतर्फ ध्यान दिन्छन् भन्ने विषयमा हामी आशावादी छौं।
अबको दिनमा राज्यले पूर्वधार निर्माणमा बढी जोड दिनुपर्छ। पूर्वाधार निर्माण बढेमा यातायात क्षेत्रले फड्को मार्छ। उद्योगसम्बन्धी केही नीति, ३० वर्षदेखि संसद्मा अलपत्र छन्। त्यसलाई तत्काल टुंग्याउनुपर्छ र, व्यवसायीमैत्री नीति ल्याउनुपर्दछ।

शशिकान्त अग्रवाल
उपाध्यक्ष, नेपाल–भारत चेम्बर अफ कमर्स
संविधान आउनु नै नेपाल र नेपालीको लागि ऐतिहासिक पर्व हो। निजी क्षेत्रको लागि खुशी व्यक्त गर्ने र उद्योगी व्यवसायीको लागि उज्यालो भविष्य हो।
हिजो सिंगापुरमा पनि संविधान घोषणा हुँदा दंगा हड्ताल भएको थियो। पछि सुन्दर शान्त सिंगापुर बन्यो। यस्तै बन्नेछ नेपाल पनि। यसैले नेपालमा अब उद्योगीहरूको लागि स्वर्ण युग आएको छ। यहाँ लगानी गर्ने र रोजगारको अवसर खुल्ने छ।
अब बन्द, हड्ताल आन्दोलन सदाको लागि बन्द गर्दै नेपाल सधैं खुल्ला छ भन्ने अभियानको साथै नेपाललाई सिंगापुरको कल्पना गर्नुपर्छ। जब बन्द, हड्ताल सधैंको लागि बन्द हुन्छ तब पुनर्निर्माण, नवनिर्माण हुनसक्छ। तर, नेताहरू अझैं अल्मलमा छन्। सरकारले निजी व्यवसायीसँग सहकार्य गर्नुपर्छ। व्यवसायीको जायज माग सरकारले सम्बोधन गर्नुपर्छ। तब मात्र देश समृद्ध हुनेछ। आर्थिक क्रान्ति हुनेछ। मेरो यही अपेक्षा छ।

Published Date: September 21, 2015 (Nepal Samacharpatra Daily)

#0026-1135Sept20- नेपालको संविधान जारी भएको अवस्था । Constitution of Nepal had been effective now

#राजनैतिक सहमतिको दस्तावेज संविधान जारीको कार्य संपन्न पश्चात सवै राजनैतिक दल, नेतृत्व, कार्यकर्ता एवं समस्त नेपालीहरुले नेपालको आर्थिक विकासका लागि न्यूनतम साझा एजेंडा तैयार गरी सहज आर्थिक वातावरण तैयार गर्न अनुरोध ।

#Constitution of Federal Democratic Republic had been effective from today (just before few minutes back).

#Now this high time for establish effective investment climate and set minimum common agenda for economic develipment of the country.  Cheers to all.

#संघीय लोकतांत्रिक गणतांत्रिक नेपालको संविधान सम्माननीय राष्ट्रपति महोदयवाट प्रमाणीत गरी जारी भएको घोषणा गर्नु भएको छ ।

#संविधान निर्माण र घोषणाको कार्य संपन्न भैसक्दा पनि यसलाई उपलब्घि मूलक कार्यान्वयनमा चुनैति यथावत रहेको अनुभूति ।

#संविधान निर्माणमा उद्यमी व्यवसायीहरुको योगदानलाई मूल्यांकन नगरिएको महसूस भयो ।

#संविधान जारी गरिने प्रक्रिया भन्दा टाढा रहनु भएका दलहरु र राजनैतिक नेतृत्व वर्गमा सहमतीय र सहकार्यका लागि अनुरोध

#सरकार र प्रमुख राजनैतिक दलहरुमा आन्दोलनरत र संविधान जारी गर्ने प्रक्रिया भन्दा टाढा रहनु भएका दलहरुलाई समाबेस र सहकार्य वातावरण मिलाउन अनुरोध ।

Saturday, September 19, 2015

#0025-1135Sept20-संविधान / Constitution

# संविधान सभापाखें दयेकूगु नेपा:या संविधान थौं सनीलया ५:०० ता इलय् जारी जुइगु जुल । थुगु दस्तावेजय मगा: मचा: द:सां सुधार व संसोधन यानावँ वनेमा:गु आवश्यकता यात बोध याना स्मविधान्यात थ:थ:गु गक्ष व चहपह कथं लसकुस यायेनु ।

# Constituence Assembly of Nepal successfully passed the new constiturion of Nepal and will be effective from today 1700 hrs. Cheers with all for new CONSTITUTION of Nepal.

# संविधान सभा मार्फत तैयार भई पारित भएको नेपालको संविधान आज साँझ ५:०० वजे जारी हुँदैछ।
यो दस्तावेजमा नपरेका र सम्सोधनका आवश्यक बुंदाहरुमा सहमति र सहकार्य गर्दै जानु पर्ने आवश्यकताको बोध गर्दै संविधानलाई स्वागत गरौँ ।

#0024-1135Sept20-Missing notes 19 Sept

# बुदिंया लसताय् भिन्तुना संजीव / Happy birthday Sanjeeb

# यल सहकारिया बार्षिक साधारण सभा निश्चित नापं छुं न्हूगु ज्या यायेगु सोचय सहमति ।

# Participated in opening ceremony of SAARC Women Development Forum, chief guest of the program was honorable minister for Ministry of Foreigner Affairs, Nepal

Thursday, September 17, 2015

#0023-1135Sept17-चथा: (गणेश चतुर्थी)

#चथा: खुन्हु वा वलकि मोहनि नं वां दाइ धैगु कथन दु, थौं चथा: खुन्हु सनीलय फलफूल ससीवा वल, मोहनि गथे जुइ लुमन्क स्वयेमाली, सकलसियां लुमंकादिसं ।

#आज चथा: एवं गणेश चतुर्थी को दिन पानी पर्यो भने दसैंमा पनि पानी पर्छ भन्ने कथन छ । यसपाली को दसैँमा यो कथनको निरंतरतालाई सम्झेर परखौं होइत !!!

#Newar community had a belief that the weather condition of today the CHATHA (Gnesh Chaturthi) is directly related to Dasain. Today had light rainfall in the evening, let us check & verify the same of the belief whether there will be rainfall in coming Dasain or not. Keep in mind the things to be verified.

#0022-1135Sept17-चथा: (गणेश चतुर्थी)

#थौं चथा: (गणेश चतुर्थी)
चथा:द्य: अर्थात तिमिला पूज्यायेगु दिं । नापं बूब:या उपभोग कथं गुंन्हु पुन्ही खुन्हु फवयागु बूब: दायेका क्वाति नयेगु, अथेहे जुग: च:ह्रे खुन्हु मफ्वयागु बूब:या क्वाति दायेका नयेगु अले थौं चथा: खुन्हु सियागु (भाजनय) बूब: नयेगु । गुकिंयाना झीगु शारीरिक प्रक्रियां बूब:यात पाचनशक्ती सहजता दै ।

बूब:यात ग्रहण यायेगु चक्र थुकथं पूर्ण जुई ।

गणेश चतुर्थी कथं थौं गणेश पुराण न्यने/कने याना गणद्य:यागु महिमा वारे चर्चा नं यायेगु याई ।

#Chatha, a day to celebrate worshipping the Moon and is celebrated with Roasted Beans for proper digesting system of human body after successful digesting procedures of KWATI in two stages before.

Monday, September 14, 2015

#0021-1135Sept15-बुदिंया लसताय् भिन्तुना, अज: प्रधान । Happy birthday to Ajaa Pradhan

थौं नेपाल संवत ११३५ यंलाथ्व द्वितीया मंगलवा:
म्हयाय अज: प्रधानया बुदिं ।

बुदिंया लसताय् भिन्तुना ।

Happy birthday to Ajaa Pradhan

Happy Children's Day observed in Nepal

#0020-1135Sept14-घरेलु तथा साना उद्योग बिकास समितिको कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठी

घरेलु तथा साना उद्योग बिकास समितिको कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठी

उपरोक्त कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षको हैसियतले अतिथि हुने अवसर पाएं । कार्यक्रमको प्रमुख अतिथि माननीय उद्योग मन्त्री श्री महेश बस्नेतज्यु हुनुहुन्थ्यो ।

चर्चाको विषय
# उद्योग र व्यवसाय प्रवर्धनका लागि राज्यले ध्यान पुर्याउन नसकेको जिकिर

# उद्योग मन्त्रालय र अन्तर्गतका निकाय कर्मचारीको बृत्ति विकासको आकर्षण हुन नसकेको

# सत्ता पक्ष र आन्दोलित पक्ष ले उद्यम व्यवसाय शुचारु रुपमा संचालनको प्रयासको सातो डर र त्रास को वातावरण सृजना गरेको

# यस्तै परिवेश बन्द भैइनै रहने हो भने, महान चाड दसैं का लागि आपूर्ती व्यवस्थापन मिलाउन धेरै कठीन हुने र देशभरका जनताको दैनिकि कष्टकर हुने संकेत

# सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग नितिलाई उद्योग मन्त्रालय र अन्तर्गतका निकायहरुले नै प्राभावकारी रुपमा अवलम्बन गर्न नसकीरहेको गुनासो

# सरकारी निजी साझेदारी (Public Private Partnership) मोडलमा उद्योग र व्यवसाय प्रवर्धनका अधीकतम कार्यक्रम सञ्चालन गर्दै जानुपर्ने महसूस

# अन्तर मंत्रालय वीच समन्वय र समझदारीका साथ कार्य गर्दै जानु पर्ने आवश्यकताको बोध

Sunday, September 13, 2015

#0019-1135Sept13-केंद्रीय गलैंचा उद्योग संघ नेपालको १६ औं साधारण सभा

Participated as Guest of the 16th AGM of Central Carpet Association of Nepal, chief guest of the program was honorable former prime minister and Senior Leader of CPN UML Mr Madhav Kumar Nepal

केंद्रीय गलैंचा उद्योग संघ नेपालको १६ औं साधारण सभाको अतिथि भई सहभागी भईयो ।

प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता श्री माधवकुमार नेपालज्यू हुनुहुन्थ्यो ।

उठेका मूल विषयहरु
#राजनैतिक अलमलले गर्दा आर्थिक विकासको एजेंडाले प्राथमिकता नपाउँदा सकस वातावरणको सृजना

#निर्यात र आयात प्रतिस्थापन लाई प्रोत्साहन गर्न नेपाल सरकारबाट छुट्याईएको वजेट् अपुग् हुनुका साथै निजी क्षेत्रको योगदानलाई सम्मान समेत नभएको

#स्थानीय श्रोत र साधनमा आधारित उद्योग हरुलाई प्राथमिकतामा राखी उद्यम व्यवसायलाई प्रोत्साहन दिइनु पर्ने

#निकासीमा नगद प्रोत्साहन कम्तिमा १५% को प्रावधान हुनु पर्ने माग

Saturday, September 12, 2015

#0018-1135Sept13-अबुया ख्वा:स्वयेगु दिं / Father's Day in Nepal

अबुया ख्वा:स्वयेगु दिं / Father's Day in Nepal

थौं अबुया ख्वा:स्वयेगु दिं, न्हिथं लुमन्के बहम्ह जिमि अबुजु श्यामलाल प्रधान यात लुमंकुसें वयक:या आत्माया चीर शान्तिया कामना यासें सुखावति भुवनस वास लायेमा धका कामना याना ।

अबुया ख्वा:स्वयेगु दिंया लसताय् सकलसित भिन्तुना !!!

Happy Father's Day observed in Nepal today.

#0017-1135Sept12-Networking

Tha day was lazy with unexpected rainy Saturday during mid September (end of Bhadra).

Being lazy day slept lately and no energitic activity.

Networking dinner
1. First death anniversary of respected Late Kirti Gopal Joshi sir. Nice to meet some old friends and networking updates.

2. Networking dinner on the occassion of first JANKWA ( न्हापांगु ज्या जंक्व) of Gautam Man Chipalu. Exchanged some views on capacity enhancement of LUNHITI TWA (लुंहिति त्वा: क्षेत्र) with colleagues, some elders and juniors. Hope this wil bring more active.

3. Expected to have better political scenario for betterment of Nepalese economic environment. We hope the Dasain festival will not be disturbed by present political issues.

4. Happy Father's day (13 Sept) observed in Nepal
अबुया ख्वा:स्वयेगु दिंया लसताय् सकलसित भिन्तुना ।

Friday, September 11, 2015

#0016-1135Sept12-नेपालको संविधान निर्माण प्रक्रिया

केहि अनुभूति

उपलव्धि विहीन प्रक्रिया भन्दा ढीला हुनु बेश

सुरक्षाकर्मी र आंदोलनकारी विचको शत्रुताको भावनालाई मत्थर गर्न संवन्धित नेतृत्वले गंभीर भएर सोच्नै पर्ने बेला भयो ।

संघीय संरचना वारे जानकारी नै नाराखि राज्य पुनर्संरचनाले देश तुक्रयाउँछ भन्ने गलत विचार सम्प्रेसन गर्ने र जातीय राज्य (Ethnic Federilism) को सवल पक्षलाई एकातिर राखेर दुर्वाल पक्ष मात्र कोट्याउँदै हिंदनु गलत कार्यलाई सवै संवन्धित नेतृत्वले तुरुन्तै रोक्नु पर्यो ।

निर्णय प्रक्रियामा पुगेका नेतृत्व वर्गले व्यक्तिगत, समुहगत र पार्टीगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रीय स्वार्थलाई केन्द्रबिन्दु बनाएर निर्णय गर्नु पर्यो ।

#0015-1135Sept11-सोच आ-आफ्नो

आफ्नो काम आफै गरौँ भन्दा पनि नमिल्ने, कतै न कतैवाट व्यवधान आउँदो रहेछ । बाँकी बस .... सम्हाल्नु नैं ठुलो कुरा रहेछ ।

आफैमा ठुलो अपेक्षा सहित अरुले पनि बुझी देओस भन्ने मानव प्रकृतिलाई दैनिक जीवन यापनमा न्यूनीकरण गर्दा नै वेस हुने जस्तो लाग्छ ।

कुनै पनि व्यक्तित्वको क्षमता मूल्यांकन आफ्नै मानस्पतलको चित्रण भन्दा फरक पाउँदा किंकर्तव्यविमुद हुनु स्वाभाविक नै लाग्छ ।

Thursday, September 10, 2015

#0014-1135Sept10-नेपालमा भुक्तानि; वित्तीय संस्था मार्फ़त

नेपालमा भुक्तानि; वित्तीय संस्था मार्फ़त

नगदमा कारोवारको सत्ता वित्तीय संस्था मार्फ़त वा विद्युतीय कारोवारका लागि सरकारले धेरै प्रयास गर्दा पनि कतिपय सरकारी संयंत्रका धेरै निकायहरुले नै चेक सकार्ने प्रावधान नहुँदा र प्रोत्साहन नगर्दा नगदमै भुक्तानि प्रचलन बढ्दो छ । साथै प्रतिष्टित संस्था र
संस्थानहरुले पनि नगदमै भुक्तानि रुचाउने र चेक लेख्नमा धेरै गल्ति गर्ने हुँदा वित्तीय संस्था मार्फ़त भुक्तानि व्यवस्था संकटमा छ । यसको विकल्प र समाधान भनेको स्वच्छ व्यवसाय र यसको प्रयोग नै हो, जसवाट सबैको कल्याण होस् ।

#0013-1135Sept10-Meeting Time

Everything counts as In what time and what cost. The professional meetings must be with specific agenda and way foreward, not in just as imposing manner !!!

यो देशमा मन्त्रालय र राज्यका प्रमुखहरुलाई समय व्यवस्थापन गाह्रो कुरा हुने रहेछ । यसमा समय लिने दिने दुबै दोषी हो की भन्ने लाग्छ ।

#0012-1135Sept10-जुग: च:ह्रे, यें पंचदान

कन्हय् नेपाल संवत ११३५ गुंलागा च:ह्रे सुक्रवा:
जुग: च:ह्रे नापं यें पंचदान
थ्व दिनस गंगु बूब: दायेका क्वाति नयेगु ख़त, सकलसियाँ लुमन्क लुमुगु क्वाति भपिया दिसं ।

बौद्ध मार्गी शाक्यवज्राचार्य समुदायपिसं पंचदान फयेत यें देशय् थाय् थासय् वनी ।

11 Sept tomorrow Friday, observed as Juga Charhe in Kathmandu valley and Newar community dominant area. On this day basically dry beans at least of nine different varieties will be coocked as Kwati (soup) unsoaked.

Wednesday, September 9, 2015

#0011-1135Sept09-Fruitful participation & meeting

#Participation at "Launching the Trade and Private Sector Development (TPSD), Organized by MOCS.
PPP or PPCP module is missing, integration of private sector as a whole is missing.

#CSIDB_मा_छलफल
युवा उद्यमशीलता तथा औद्योगिक जनशक्ति कार्यक्रम समिति अन्तर्गतका ३८ जिल्लामा १३०० जना जनशक्ति तैयार गर्न सञ्चालन गर्ने कार्यक्रम वारे छलफल गरियो, निर्देशिका तैयार गरी संचालन अघि बढ़ने सहमत ....
त्यसरी नै भूकंप पीड़ित समिति अन्तर्गतका १० जिल्लामा #सिकर्मि, #डकर्मि, #प्लम्बिंग र #हाउस_वायरिंग तालीम संचालन गर्न पनि सहकार्य गर्ने सहमति भयो ।

Tuesday, September 8, 2015

#0010-1135Sept08-सहमति भित्र असहमति

#नेपाली_समाज_र_राजनैतिक_परिवेश उस्तै उस्तै हुँदै गैरहेको अनुभुति हुन्छ । #सहमति_भित्र_असहमति अर्थात #सहमतिका_लागि_सहमतिको सन्देश

Monday, September 7, 2015

#0009-1135Sept07- भिन्द्यो जात्रा

#भिन्द्यो_जात्रा, यल ।
भुखाचं याना जात्राया रूपं ख: चा:हिकेगु ज्याझ्व: मह्यात ....

#0008-1135Sept07-विशेष अतिथि, नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे जिल्लाको नवौं जिल्ला सम्मलेन तथा सातौं महिला उद्यमी सम्मलेन (Special Guest at FNCSI Kavre District convention)

नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे जिल्लाको नवौं जिल्ला सम्मलेन तथा सातौं महिला उद्यमी सम्मलेन को  #विशेष_अतिथि हुने अवसर पाएं । कार्यक्रमको प्रमुख अतिथि माननीय उद्योग मन्त्री श्रीं महेश बस्नेतज्यु हुनुहुन्थ्यो ।

#Special_Guest at FNCSI Kavre District convention, #Chief_Guest of the program was honorable minister for Ministry of Industry Mr Mahesh Basnet.