Monday, September 14, 2015

#0020-1135Sept14-घरेलु तथा साना उद्योग बिकास समितिको कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठी

घरेलु तथा साना उद्योग बिकास समितिको कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठी

उपरोक्त कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षको हैसियतले अतिथि हुने अवसर पाएं । कार्यक्रमको प्रमुख अतिथि माननीय उद्योग मन्त्री श्री महेश बस्नेतज्यु हुनुहुन्थ्यो ।

चर्चाको विषय
# उद्योग र व्यवसाय प्रवर्धनका लागि राज्यले ध्यान पुर्याउन नसकेको जिकिर

# उद्योग मन्त्रालय र अन्तर्गतका निकाय कर्मचारीको बृत्ति विकासको आकर्षण हुन नसकेको

# सत्ता पक्ष र आन्दोलित पक्ष ले उद्यम व्यवसाय शुचारु रुपमा संचालनको प्रयासको सातो डर र त्रास को वातावरण सृजना गरेको

# यस्तै परिवेश बन्द भैइनै रहने हो भने, महान चाड दसैं का लागि आपूर्ती व्यवस्थापन मिलाउन धेरै कठीन हुने र देशभरका जनताको दैनिकि कष्टकर हुने संकेत

# सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग नितिलाई उद्योग मन्त्रालय र अन्तर्गतका निकायहरुले नै प्राभावकारी रुपमा अवलम्बन गर्न नसकीरहेको गुनासो

# सरकारी निजी साझेदारी (Public Private Partnership) मोडलमा उद्योग र व्यवसाय प्रवर्धनका अधीकतम कार्यक्रम सञ्चालन गर्दै जानुपर्ने महसूस

# अन्तर मंत्रालय वीच समन्वय र समझदारीका साथ कार्य गर्दै जानु पर्ने आवश्यकताको बोध

No comments:

Post a Comment