Tuesday, September 22, 2015

#0029-1135Sept22-१२ वर्षे बुंगद्य: जात्रा प्रारम्भ; नेकपा एमाले को चियापान कार्यक्रम

#विनासकारि भुकम्प पश्चात अवरुद्ध रहेको १२ वर्षे बुंगद्य: जात्रा आजवाट विधिवत प्रारम्भ भयो । आजवाट प्रक्रियागत रुपमा रथ यात्रा चल्नेछ ।

#सार्वभौमसत्ता सम्पन्न संविधानसभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा नेकपा एमाले वाट आयोजित चियापान समारोहमा आमन्त्रित भई सहभागी हुने अवसर मिल्यो । उक्त अवसरमा मान्यवर नेतागण पूर्व प्रधानमन्त्री द्वय श्री माधवकुमार नेपालज्यू र श्री झलनाथ खनालज्यू का साथै नेकपा एमालेका अध्यक्ष श्री के पी शर्मा ओलीज्यू संग संयुक्त फोटो खिच्ने ऐतिहासिक अवसर प्राप्त भयो ।

#प्रक्रियागत निति नियममा पनि चलखेलका कुराहरु कसरि हुँदो रहेछ सुनेको मात्र थियो आज प्रत्यक्ष देख्ने मौक़ा मिल्यो ।

#आज दिनभरीको काम म ताक्छु मूढा बन्चरो ताक्छ घुंडा जस्तै मात्र भए । समग्रमा आजको दिन सोचे जस्तो अनुकुल भएको महसूस भएन । अस्तु ।।

No comments:

Post a Comment