Wednesday, June 5, 2019

#0007-1139Jun05-३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी

३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी  (२२-२६ जेठ)

नारा
आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकिकरणका लागि सबै जटौं

प्रमुख अतिथि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री ज्यु र बिशेष अतिथि अर्थ मन्त्री ज्यु को भनाईमा मेल नभयको महसुस भयो

"नेपालको बिकासमा उदार/खुल्ला अर्थतन्त्र लाई जोड दिईनु पर्ने भयतापनि राष्ट्रिय उद्यम व्यवसायहरुलाई संरक्षण गर्न चुकेको ..." अभिब्यक्ति माननीय अर्थ मन्त्री ज्युको थियो

"... आत्मनिर्भर अर्थतन्त्र मा जोड दिइनु पर्ने र लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्धनमा जोड दिईनु पर्ने ... " अभिब्यक्ति माननीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री ज्युको थियो

सबैजसो निजी क्षेत्रका प्रमुख/प्रतिनिधि हरु आर्थिक बर्ष २०७६/०७७ को बजेटमा केन्द्रित भयको पाईयो जुन स्वभाबिक थियो । तर " बजेटले उद्यम व्यवसाय प्रबर्धनका सम्बोधन भएता पनि, आबश्यक बजेट बिनियोजन र प्रभावकारी कार्यान्वयनमा..." शंका गर्नै पर्ने बाध्यात्मक अवस्था बिगतका बजेटहरुले सिकाएको छ

मर्यादाक्रम (protocol) को लेखाजोखा सरकारि र राजनैतिक ब्यक्तित्वहरु को मात्र गरीएको पाईयो। जसले गर्दा स्थापित निजी क्षेत्रको मर्यादाक्रम मिचियको / थिचियको महसुस भयो ।

No comments:

Post a Comment