Thursday, November 5, 2015

#0039-1135Nov05-आज काठमाण्डौंमा निजि सवारि साधनलाई पेट्रोल वितरण गर्ने पहिलो दिनकाे विकराल स्थिति ???

आज काठमाण्डौंमा निजि सवारि साधनलाई पेट्रोल वितरण गर्ने पहिलो दिन
पेट्रोल पम्प = ५० वटा
प्रत्येक पेट्रोल पम्पले पाउने पेट्रोल अधिकतम = ६,००० लिटर
प्रत्येक पेट्रोल पम्पमा घटिमा ५०० मोटरसाईकल (५ लिटर प्रति गोटा) र गाडि (२० लिटर प्रति गाडि) २०० वटाको अनुमान
जम्मा वितरण गर्नु पर्ने ६,५०० लिटर (कतै जाल झेल नभएमा)

प्रत्येक पेट्रोल पम्पले पाउने पेट्रोल = ३,००० लिटर मात्र पाउने भएमा
प्रत्येक पेट्रोल पम्पमा घटिमा ५०० मोटरसाईकल (३ लिटर प्रति गोटा) र गाडि (१० लिटर प्रति गाडि) २०० वटाको अनुमान
जम्मा वितरण गर्नु पर्ने ३,५०० लिटर (कतै जाल झेल नभएमा)

यो अवस्थामा ५० वटा पेट्रोल पम्पवाट जम्मा २५,००० वटा मोटरसाईकल र १०,००० वटा गाडिले पेट्रोल पाउने रहेछ, अव जिचार गरौं, अवस्था के होला ?

पूर्ण क्षमताको हिसावले (३ दिनमा)
मोटरसाईकल ६,००,००० र गाडि १,००,००० हो भने
६,००,००० x ५ = ३०,००,००० र १,००,००० x २० = २०,००,००० जम्मा ५०,००,००० लिटर पेट्रोल वितरण गरीनु पर्ने रहेछ ।
यो हिसावले प्रत्येक पेट्रोल पम्पले घटिमा ३३,३३३ लिटर पेट्रोल वितरण गरीनु पर्ने रहेछ ।

हालको अवस्थामा यस्तो व्यवास्था सम्भव होला जस्तो लागेन, त्यसैले लाईन बसेर पेट्रोल पाउने आसा मैले मारें, अव रह्यो सार्वजनिक यातायातको भरमा भर पर्नु पर्ने अवस्था ....

No comments:

Post a Comment