Tuesday, November 24, 2015

#0052-1136Nov24-संकटग्रस्त देशको अवस्था

#देशको अवस्था संकटग्रस्त अवस्था
#हालको देशको अवस्थालाई मूल्यांकनले संकटग्रस्त अवस्थामा पुगी सकेको सबैले महसूस गरी सक्दा पनि सम्वन्धित सबै पक्ष किन मौन छन ?

#यही अवस्थालाई नेपाली जनताले कति दिन/महीना सम्म झेल्नु पर्ने हो ? अन्यौलको वातावरणले जनता सबै आक्रान्त भई पलायन हुने अवस्थामा पुगेको महसूस हुँदैछ । जनता नै नभए के को लागि राजनीति गर्ने हो ?

#जनताले धैर्यको बाँध कतिन्जेल सम्म ठेग्ने ? यो बाँध भत्किने बेलाको आंकलन गरीनु पर्ने बेला भो, कतै भत्की हाल्यो भने विकराल स्थितिको सिर्जना हुने डरको अनुभूति हुँदैछ ...

#सरकारले अविलम्व अती आवश्यक वस्तु र सेवाको फेहरलिष्ट तयार गरी स्वेतपत्र जारी गरीनु पर्ने बेला भयो ।

#सम्वन्धित सवै राजनैतिक दलहरुले आ-आफ्नो अती हठवाद लाई त्यागी हालको संकतावस्था वाट निकास पाउने वाटो खोजिनु पर्यो । अन्यथा इतिहासले कसैलाई माफ़ गर्ने छैन ।

#सुक्खायामको कारण खानेपानीको व्यवस्थापनका लागि यथोचीत व्यवस्था
#औषधि र स्वास्थोपचारका लागि आवश्यक यथोचित ढुवानीको व्यवस्था
#दूध र दुग्दजन्य वस्तुको उत्पादन र सेवा उपलब्धताको आवश्यक ऊर्जा र ढुवानी को व्यवस्था
#अत्यावश्यक वस्तुहरु चामल, दाल, नून, तेल, आदिको आपूर्तिको सरल र सहज व्यवस्था गर्न सम्भव भएसम्म सुपथ मूल्य पसलको शुरुवाट गर्दै कोटा वमोजिम आवधिक सप्लाई गरीनु पर्यो ।
#यातायातको सरल व्यवस्थाको लागि सार्वजनिक यातायातहरुलाई अधिकतम परिचालन गरौँ ।
#दैनिक जीवनयापनको लागि चाहिने इन्धन (विजुली, दाउरा, मट्टीतेल, ग्यांस,आदि) क्षेत्र अनुसार वितरण गर्ने व्यवस्था

#अत्यावश्यक बाहेक सार्वजनिक सभा-समारोह हरु सकेसम्म रोकौ, नसके उच्च मीतव्ययीता अपनाउने पहल सबै तहवाट अपनाऔं ।
#सबै समवन्धितहरुले दैनिक उपभोगमा परिवर्तन ल्याऔं, सबैखाले वस्तु र सेवाको न्यूनतम उपभोग गरौँ ।

#अती पीड़ा बोधको अवस्था ,,,,

1 comment: