Thursday, November 5, 2015

#0040-1135Nov04-संघीय लोकतांत्रिक गणतन्त्र नेपालमा गम्भीर प्रश्न चिन्ह ???

संघीय लोकतांत्रिक गणतन्त्र नेपालमा गम्भीर प्रश्न चिन्ह ???

# २०६२/०६३ को जनआन्दोलनको मूल एजेण्डा भनेको 1) संघीय संरचना 2) धर्म निरपेक्षता 3) समानुपातिक र समावेशी अवसर र आदि आदि

# हिजो सम्मको मन्त्री परिषद्को र उप-प्रधानमन्त्रीको खाका र उपस्थितिले धर्म निरपेक्ष र
संघीय लोकतांत्रिक गणतन्त्र नेपालको निरन्तरता हुने आसा बाँकी थियो ।

# आजको मन्त्री मण्डल विस्तारको संरचना पछि नेपालमा संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीता को सिद्धान्तमा निरन्तरता रहनेमा आस गर्न सक्ने आधार एकदम कम रहने अवस्था ...

# पेट्रोलियम पदार्थ र उपभोग्य सामानहरुको हालको अवस्थाको अभाव कायमै रहने र नाकावन्दीको अवस्था कायमै रहने हो भने तिहार र छठ पछिको २५/३० दिनमा देशमा विकराल स्थिति सृजना हुने अनुमान गर्नू पर्ने देखिन्छ ।

# सरकार र आन्दोलित दल तथा समूहहरूले बेलैमा मनन गरी न्यूनतम क्षतिमा समाधानका उपाय खोजिनु पर्ने महसुस गर्दैछु । संवन्धित सवै पक्षले जित्ने अवसरको खोजी गरौँ ।

# सरकारी कामकाजी र प्रतिनिधित्व गर्दाको मर्यादा र कूटनीतिलाई सुदृढ़ र सुमधुर हुनु पर्नेमा केहि कमी कमजोरी भएको हो की जस्तो लाग्दछ । सबैले मनन गरियोस् ...

# आफ्ना कमी कमजोरी खोत्याएर सच्याउन प्रयत्न गर्दा कोही सानो मान्छे हुँदैन भन्ने लाग्छ । आँखीर सबै राम्रो कुराको शुरुवाट आफैवाट हुन्छ क्यारे ?? की कसो ???

# घरको झगड़ा मिलाउनु अघि बाह्य हस्तक्षेप लाई प्रतिकार गर्दा बेश हो की यथाशीघ्र आन्तरिक समस्या समाधान गरी बाह्य शक्तिलाई परास्त गर्दा बेस, परिस्थितिलाई सम्वेदनशील भई मूल्यांकन गरौँ र समाधानको उपाय चांडो भन्दा चांडो निकलौं ।

No comments:

Post a Comment