Saturday, June 6, 2020

#0048-1140Jun06- #लकडाउन लाई #लूजडाउन अर्थात अवका दिनमा #आर्थिक_गतिविधि_चलायमान गर्न के कस्ता उपाय अपनाउंदा बेस हुन्छ ???

#लकडाउन लाई #लूजडाउन अर्थात अवका दिनमा #आर्थिक_गतिविधि_चलायमान गर्न के कस्ता उपाय अपनाउंदा बेस हुन्छ भन्ने विषयमा गहन छलफल कार्यक्रममा मिति २०७७।०२।२३ का दिन उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा । क्रमबद्धरुपमा सबै क्षेत्रका #उद्यम_व्यवसाय संचालन गर्नु पर्नेमा सोचविचार गरियो । संभवत आगामि केहि #हफ्ता_सम्ममा सबै खाले उद्यम व्यवसाय #चलायमान हुनेमा आसावादि छौं ।


उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा  (जुन ०५ मा) बसेको बैठकको निर्णयानुसार नेपाल घरेलु तथा साना उद्योग महासंघको तर्फवाट दिइनु पर्ने सुझावका बुंदाहरु (मेरो तर्फवाट);
१) निजी प्लेटका यातायात साधनहरु आउंदो केहीदिन करिव १५ दिनको लागि जोड/विजोड मोडलमा संचालन गर्न दिने
२) उद्यम व्यवसायको समुह विभाजन गर्ने अधीकतम ७ समुहमा विभाजन गर्ने
३) अत्यावश्यक सेवामा पर्ने उद्यम व्यवसाय बाहेकका व्यवसायहरु ८-१२ वा १४-१८ वजेको समयावधिमा संचालन गर्न दिने (७ दिनको समयावधि हेर्ने)
४) उद्यम व्यवसायको दर्ता नम्वर अनुसार पनि जोड/विजोड संचालनमा आउन दिने । दर्ता हुनु नपर्ने व्यवसाय को हकमा सडकको दायाँ/बायाँ गरेर संचालन गर्न दिने
५) खाजा/चमेना घर, रेष्टुरेन्ट, होमप्याक/टेकअवे आदिलाई १३-१८ सम्म संचालन गर्न दिने
६) सामाजिक दूरी कायम, मास्क लगाउनै पर्ने, स्यानिटाईजर प्रयोग आदिको को अनुगमनमा कडाई गर्ने
७) विषम परिवेस र कोभिड१९ बोकेरै जिवनयापन वारे जनचेतना अभिबृद्धि गर्ने/गराउने
८) सार्वजनिक निजी साझेदारी (Public Private Partnership = PPP) लाई हृदयंगम गरी आगामी दिनहरुमा संचालन गरीने आर्थिक गतिविधिहरुलाई संचालन गर्ने / गराउने । यसलाई प्रभावकारी र उद्देश्य प्राप्तीका लागि सार्वजनीक निजी सम्वाद (Public Private Dialog = PPD) कार्यक्रमको अभिन्न अंग बनाईनु पर्ने ।
९) आवाशक अनुगमनको लागि स्थानिय तहमा रहेको राजश्व_समिति लाई अख्तियारि दिंदा सहज र प्रभावकारी हुने देखिन्छ




No comments:

Post a Comment