Tuesday, June 9, 2020

#0052-1140Jun09- लकडाउनलाई लूजडाउन गर्दै जाने योजना ???


लकडाउनलाई लूजडाउन गर्दै जाने योजना तयार गर्न अस्ति शुक्रवार/शनिवार हतार हतार, बिति हाल्ने भैसक्यो भन्ने आसयले सुझाव माग भएको थियो । सोहि अनुसार १५-२१ दिन भित्रमा अधिकांश उद्यम व्यवसाय क्षेत्रमा लूजडाउन गरीनु पर्ने सह्मति भएको थियो । आज ५ दिन भैसक्यो लूजडाउनको छेउ_टुप्पो कतै भेटिएको छैन त | खै के खै के ... 

अझै योजना टुंगोमा पुर्याउन कति दिन लाग्ने हो कुन्नि ? कि ३२ गते साँझ ५ बजाउन पर्खेर बसेको हो, बुझ्नै गाह्रो भयो ।  लकडाउनको ८० दिन कर्मचारिको तनखा जोहो गर्न जोडघटाउ को हिसाब अझै मिल्या छैन कि क्याहो ? अहिले यतिखेर प्रदेश स्तरिय अस्पताल बनाउने योजना तयार गर्दै अरे त्यो पनि ४ वटा भेन्टिलेटर को सुबिधामा रे, हैट ...

कोरोना संग जुढ्ने प्रारम्भिक उपाय भनेकै परिक्षण (टेष्ट) नै हो भन्छन, तर हामी कहाँ यो काममा जोड दिएकै छैन । यहि तरिकाले २०७८ को जनगणनामा नेपालको कूलजनसंख्या मात्र २ करोड ७५ लाख मा नै सिमीत हुनेमा शंका गर्ने ठाउँ धेरै कम देखिने भयो । लौ है सम्वन्धित सबैको बेलैमा चेट खुलोस ... भोलि ईतिहास ले हामी सबैलाई क्षमा दिने छैन । 

स्थानिय सरकारमा त सबैलाई चुनाव लागिसकेको भान अर्थात अनुभुति हुनथाल्यो भन्छन सबैले, य्स्तो बेलां प्रत्येक स्थानिय सरकारको मातहतमा कम्तिमा एउटा पिसिआर टेष्ट गर्ने मेशीन भैसक्नु पर्ने होईन र भन्या ??? 

No comments:

Post a Comment