Saturday, June 6, 2020

#0049-1140Jun06- घरेलु महासंघ (FNCSI) को ३१औं स्थापना दिवस सम्पन्न ...

#सामाजिक_दूरी अर्थात #तनको_दूरी लाई बढावा दिंदै, आज जेठ २४ गतेका दिन #स्थापना_दिवस सीमित सह्कर्मिहरु सहभागि भै सम्पन्न भयो |

#लकडाउनको_कारण कार्यक्रममा पुग्न ईच्छा हुंदाहुंदै पनि पुग्न नसकेकोमा कहीं #कतै_ईच्छा मार्नु पर्ने अवस्था रहेको होला, त्यसलाई #विषम_परिवेश का कारण भनेर चित्त बुझाउंदा हुन्छ होला । आमन्त्रण गरेर सहभागि हुने अवसर दिनु भएकोमा सहकर्मि साथिहरुलाइ #धन्यवाद ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ (#FNCSI) को स्थापना दिवस जेठ २४ अर्थात लघु, घरेलु तथा साना उद्यम दिवस को उपलक्षमा समस्तमा हार्दिक शुभकामना । यस वर्षवाट ३१ औं वर्षमा प्रवेश भएको छ ... 

विगतका ३० वर्षको दौरानमा धेरै किसिमका आरोह_अवरोह का साथ महासंघलाई यो अवस्था सम्म पुर्याउन सहयोग गर्नु हुने अग्रजहरु, सकर्मि_साथिहरु र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने संघसंस्था एवं व्यक्तित्वहरुमा हार्दिक धन्यवाद दिंदै आगामि दिनहरुमा पनि अझै बढी प्रगति गर्न सकोस भनि शुभकामना ब्यक्त गर्दछुं ।

विगत ३० वर्षको मेहेनत र लगनशिलता को प्रतिफल यसपालिको निति तथा कार्यक्रम, वजेट लगायत का दस्ताबेज र आम नेपली जनजनको मनमस्तिस्कमा "लघु, घरेलु तथा साना उद्यम व्यवसाय" को महत्व दर्शाउन सकेकोले प्रष्ट पारेको छ । 

अझै पनि धेरै कामकुरा गर्न बांकि छ "मेहेनत, सृजना, उत्पादन र बस्तु/सेवा - मेरै नेपालको" भन्ने हाम्रो नारालाई साकार बनाउन "लघु, घरेलु तथा साना उद्यम व्यवसाय" क्षेत्रमा लागि परेका सम्पूर्ण अभियन्ताहरु सकारात्मक सोचका साथ अघि बढ्न आह्वान गर्दछुं । 

समय परिवेशले मागेको बेलामा सदाझैं मेरो सकारात्मक भुमिका रहने प्रतिबद्धता पनि जाहेर गर्दछुं । सबैको जय होस ...















No comments:

Post a Comment