Wednesday, June 17, 2020

#0056-1140Jun17- तथ्यांङ्क यातायात व्यवस्था लूजडाउन प्रथम संस्करण

तथ्यांङ्कमा यातायात व्यवस्था लूजडाउन - प्रथम संस्करण

प्रारम्भमा बागमति प्रदेशभित्र सीमित गर्दा
निजी सवारि साधनको अनुमानित संख्या
क) दुई पाङ्ग्रे सवारि साधन = १३,००,००० 
ख) चारपाङ्ग्रे सवारि साधन = २,३०,०००

जोड बोजोडमा चल्न सक्ने जम्मा अनुमानित सवारि साधनहरुको संख्या
क) दुई पाङ्ग्रे सवारि साधन = १०,००,००० 
ख) चारपाङ्ग्रे सवारि साधन = २,००,०००

जोड बिजोडमा प्रत्येक दिन चल्न सक्ने अनुमानित सवारि साधनहरुको संख्या
क) दुई पाङ्ग्रे सवारि साधन = ५,००,००० 
ख) चारपाङ्ग्रे सवारि साधन = १,००,०००

अनुमानित प्रत्येक दिन चल्न सक्ने सवारि साधनको संख्यामा दुईपाङ्ग्रे साधन ५ लाख अनि चार पाङ्ग्रे १ लाख अनुमान गर्न सकिन्छ । विगतमा उद्योग बिभाग, बाणिज्य बिभाग र अन्य सरकारि निकायवाट वितरण गरिएको पास मध्येमा करिव १० हजार होला भन्ने अनुमान गर्न सकिन्छ र जोड/बिजोडको भागबण्डा गर्दा ५ हजार जति हुन आउने देखिन्छ, जुन नगन्य रुपमा देखिन्छ ।

तसर्थ नेपाल सरकार र अन्तर्गतका निकायहरुले लकडाउनकै समयमा "लकडाउन अवधि भरका लागि" भनेर वितरण गरिएको केहि हजार पासलाई यथावतै संचालन गर्न अनुमति दिंदा न्यायोचित नै देखिन्छ । अझै मेरो सुझाव त अरु थप केहि हजार पास वितरण गरेर उद्यम व्यवसायहरुलाई सहजता प्रदान गरिनु पर्छ । सहजिकरण मुठ्ठि कसेर गर्नुको केहि औचित्यता हुंदैन भन्ने हेक्का कतै कुनै छेउमा मात्र रहेको भएपनि यस्तो निर्णय आउम्दैन थियो होल भन्ने हाम्रो अनुमान हो । तर, यहाँको चलन नै हात खुट्टा बाँधेर दौड प्रतियोगितामा छोड्ने प्रथा चलीरहेको थियो र चलीरहनेछ । कस्ले सुन्ने ???

अहिलेको विषम परिवेशमा मेरो तर्फवाट नेपाल सरकार र सम्वन्धित निकायलाई सुझाव, यही नै छ कि; बागमति प्रदेशको हक मा निजी सवारि साधन जोड/बिजोडलाई कायमै राख्दै उद्यम व्यवसाय व्यवस्थित रुपले संचालन गर्न/गराउन थप ५० हजार (नपुग्ने भएमा १ लाख सम्म) सवारि साधन संचालन गर्न दिइने व्यवस्था मिलाइनु पर्दछ । साथै दुई पाङ्ग्रे सवारि साधनमा चालक समेत २ जना अनि चार पाङ्ग्रे सवारि साधनमा चालक समेत ४ जना सवार हुन सक्ने निर्देशन यथाशक्य चाँडो दिइनु पर्ने देखिन्छ ।

सबै नियम व्यवस्थाहरू आयात गरेर सिधै कार्यन्वयन गर्दा यसरि नै मिसम्याच भै हाल्छ त, देशको हावापानी सुहाउंदो नियम र व्यवस्था मिलाउन अभ्यस्त हुन हामीले कहिले देखि सिक्ने हो कुन्नि ???

No comments:

Post a Comment