Thursday, June 18, 2020

#0059-1140Jun18- धन्यवाद, काठमाण्डौं महानगरपालिकाका मेयर साहेब श्री बिद्यासुन्दर शाक्यज्यू,

धन्यवाद, काठमाण्डौं महानगरपालिकाका मेयर साहेब श्री बिद्यासुन्दर शाक्यज्यू,
धेरै ब्यस्तताको वावजुद पनि नेपाल घरेलु तथा साना उद्योग महासंघ (FNCSI) को तर्फवाट प्रस्तुतिकरण गर्ने अनुरोधलाई समय मात्र दिनु भएन, छोटो समयमा महासंघको तर्फवाट गरीएको प्रस्तुतीकरणलाई गम्भीरताका साथ ग्रहण गर्नु भयो र हामीले प्रस्तुत गरेका धेरै बुंदा मध्ये, ट्रेण्डिङ न्यूजकै रुपमा आउनेगरी 
१) लघु, घरेलु तथा साना उद्यम व्यवसायलाई राह्त दिईने, 
२) स्टीमुलस प्याकेज (STIMULUS PACKAGE) लाई चक्रीय कोष (REVOLVING FUND) को स्थापना गर्ने, 
३) लघु, घरेलु तथा साना उद्यमि व्यवसायिहरु लगाय्त महानगरपालिका भित्रका करदाताहरुलाई कर छुटको व्यवस्था गर्ने 
४) राजश्व प्रशासन लाई करदाता मैत्री बनाउने 
५) महानगरपालिकाका क्षेत्र भित्रका उद्यम व्यवसायहरुलाई थप व्यवस्थित गर्ने, आदि 
बुँदाहरु महानगरपालीकाको नीति तथा कार्यक्रम प्रस्तुतीमा विशेष महत्वका साथ समावेस गरिदिनु भयो । आसा एवं विश्वास छ आगामि दिनहरुमा सार्वजनिक निजी साझेदारि (Public Private Partnership = PPP)  कार्यक्रम अन्तर्गत महासंघ संग विगतमा झैं निकततम सहकार्यको निरन्तरता दिंदै लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्धनका लागि कार्यक्रम संचालित हुने छ । आगामि दिनहरुमा उद्यम व्यवसाय प्रवर्धन गर्ने हेतुले निर्माण हुने र परिमार्जन हुने ऎन, नियमहरुमा बृहत छ्लफल र सम्वाद अर्थात सार्वजनिक निजि सम्वाद (Public Private Dialogue = PPD) को निति अपनाई महासंघको सहकार्यमा प्रभावकारी कार्यान्वयन तिर लाग्न सहज हुनेछ ।

काठमाडौं महानगरपालीकाको नीति तथा कार्यक्रम सार्वजानिक, करदातालाई छुट
https://www.imagekhabar.com/news/71710/
प्रकाशित मिति : 18 June, 2020 6:45 pm

काठमाडौं, असार ४ । काठमाडौं महानगरपालिकाले कोभिड १९ को महामारीबाट प्रभावित करदातालाई छुट दिने भएको छ ।
महानगरपालीकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले राजस्व परिचालन तथा वित्तिय व्यवस्थापन नीति राजस्व प्रशासनलाई कर दातामैत्री बनाउने बताए ।
महानगरको मापदण्ड अनुसार कर तिरेको घरको बिमाका साथै शहरी सुव्यवस्था कायम गर्न र प्रदुषण नियन्त्रणका लागि चक्रपथ क्षेत्रभित्र निर्माण सामग्रीको डिपो र सवारी साधनको वर्कशप पनि हटाइने उनले बताए ।
यस्तै महानगरले विपद् व्यवस्थापनका लागि जोखीमपुर्ण अवस्थामा रहेका पेट्रोलपम्प तथा ग्यास डिपो हटाउनुका साथै आगामी आर्थिक वर्षमा कोटेश्वर, कंलकी, महाराजगन्जमा अग्नि नियन्त्रण एकाईको स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
काठमाडौं महानगरपालीका क्षेत्रभित्रका प्रमुख चोकमा आधुनिक सिग्नलाईज्ड प्रणालीमा आधारित ट्राफिक लाईट जडान गर्ने, विद्युत, टेलिफोन, केवल टिभि ईन्टरनेटका तारलाई भुमीगत गर्ने, लघु, घरेलु तथा साना उद्योगमा कोभिड १९ ले पारेको प्रभाव सम्बोधन गर्न रिभल्बिङ फन्ड स्थापना गर्ने, छाडा पशुको पशुको व्यवस्थापन गर्ने पनि महानगरले अघि सारेको छ ।

No comments:

Post a Comment